
तीन जिल्ला कमिटी विघटन गरेर एमालेले तोक्यो अधिवेशन मिति
नेकपा एमालेले महोत्तरी, पर्सा र रौतहट गरी ३ जिल्ला कमिटी विघटन गरेको छ । जनकपुरधाममा बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले ३ जिल्ला कमिटी विघटनको निर्णय गरेको हो । एमालेका अनुसार विघटित जिल्लाहरूको अधिवेशन तोकिएको छ ।
सो बैठकमा प्रदेश अध्यक्ष राम औतार यादव, मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठ, सह इन्चार्ज पुरुषोत्तम पौडेल, नेताहरू सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, कृषि मन्त्री ज्वाला साह, सांसद अच्युत मैनाली मधेस प्रदेशमा कार्यरत शीर्ष नेतृत्वको उपस्थिति थियो ।