तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई ६ हजार ४ सय मतकाे अग्रता

प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना चलिरहेकाे छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ ।

२१ वडाको २९ हजार आठ सय दुई मतको गणना गर्दा वाग्लेले १५ हजार एक सय ३५ मत पाउनुभएकाे छ भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आठ हजार सात सय ३१ मत पाउनुभएकाे छ । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार मत पाउनुभएकाे छ ।

वाग्ले भट्टराईभन्दा छ हजार चार सय चार मतले अगाडि हुनुहुन्छ । यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार ९९ मत खसेको थियो ।

 

Share your love