तनहुँमा ९३ वर्षीय वृद्धद्वारा मतदान

तनहुँ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य उपचुनावमा ९३ वर्षीय ज्येष्ठ नागरिक मोतीकुमार श्रेष्ठले मतदान गर्नुभएको छ ।

व्यास नगरपालिका–२ मा रहेकाे सत्यवती माध्यमिक विद्यालय मतदान केन्द्रमा उहाँले बिहान ८ बजे मतदान गर्नुभएको हो ।

शारीरिकरुपमा अशक्त रहनुभएका श्रेष्ठले आफन्तको सहयोगमा मतदान गर्नुभएको हाे ।

तनहुँ क्षेत्र नं १ अन्तर्गतका एक सय ५२ मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ ।