चिकित्सा क्षेत्रको लामो अनुभवकै आधारमा अरु केही गर्न नसकेपनि आफ्नो क्षेत्रमा गुणस्तरीय र बिश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रवृतिको प्रारम्भ गर्ने उनले बताइन् । पर्सा जिल्लाका अरु क्षेत्रमा सिट बाँडफाँटका लागि जसपा र कांग्रेसबिच तानातान भएपनि क्षेत्र नम्बर ३ जसपाले पाउने लगभग पक्कापक्की भएपछि डा. गुप्ता झनै उत्साहित भएकी छिन् ।
आफु राजनीतिमा सक्रिय नभएपनि राजनीतिक पृष्ठभूमिकै कारण आफु पनि अप्रत्यक्ष रुपमा संलग्न रहेको उनी बताउँछिन् । समाज र समाजमा बसोबास गर्ने बासिन्दाहरुको विकासका लागि परिवर्तन गर्ने हुटहुटी भएपछि र शिक्षित एवम् इमान्दार भएपछि राजनीतिक योगदान नै आवश्यक पर्छ भन्ने कुरामा उनी बिश्वास गर्दैनीन् ।
पार्टीले आफुलाई बिश्वास गरेर नाम सिफारिस गरेकोमा खुशी भएकी डा. गुप्ता अब जनताले बिश्वास गरी मत दिएर निर्वाचित गराउनेमा बिश्वस्त देखिन्छीन् । स्वास्थय र शिक्षासँगै कृषि र रोजगारी आफ्ना प्राथमिकताका क्षेत्र भएको उनले बताइन् ।विगत २ देखि ३ दशकसम्म लामो समयदेखि एउटै अनुहार दोहोरीरहेपनि पटकपटक अवसर पाएपनि त्यस क्षेत्रका जनताले विकासको प्रत्याभुती गर्न नसकेको उनको भनाई छ।