डा-केसीको स्वास्थ्य अवस्था बिग्रँदै

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय त्रिवि शिक्षण अस्पतालले डा। गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा। केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताउनु भएको हो ।

उहाँका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा। केसीले अस्वीकार गरिरहेको उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डा। केसीको दिसामा रगत देखिने समस्या भएकाले भर्ना गरेपछि अहिले भने दिसामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ । स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै गएको ११ दिनदेखि कैलालीको धनगढीबाट अनशन सुरु गर्नुभएका डा। केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि यही असोज ६ गते बेलुका अस्पतालमा भर्ना गरिएको हो ।

Share your love