उहाले आफुलाई वदनाम गर्ने बदनियतले केहि सिमित अनलाईन सञ्चारमाध्यमले नेता सिंहले डाक्टरलाई धाक धम्की दिएको र प्रहरीले खोज्न लागे पछी फरार भएको भनेर लेख्नु आपति जनक रहेको बताउनुभयो । उहाले आफु कतै फरार नभएको बताउदै म अहिले आफ्नै गाउँमा रहेको र चुनावी कार्यक्रमा व्यस्त रहेको जानकारी दिनुभयो ।
पर्साको छिपहरमाई गाउँपालिकाका मृतक फिरोजका आफन्तहरु क्षतिपुर्ती र न्यायको माग गर्दै आन्दोलित छन् ।
भदौ ४ गते उपचारमा लापरवाही गर्ने वीरगन्ज हेल्थ केयरका डाक्टर र अस्पतालका सञ्चालकलाई कानुनी दायरामा ल्याउनुपर्ने मागसहित मृतकका आफन्तले नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरेका समयमा यसमा कांग्रेस नेता सहभागी हुनुभएको थियो भने ५ गते वीरगञ्जको घण्टाघरमा प्रदर्शन गर्दा समेत नेता सिंहको सहभागिता रहेको थियो ।
त्यसै गरी जिल्ला प्रशासन कार्यालय पर्साको मुलद्वारमा मृतकका आफन्तले २ घण्टा धर्नासमेत दिदा समेत नेता सिंहको सहभागिता रहेको थियो । पिडितको पक्षमा अवाज उठाउदा आफ़ुलाई फसाउने बिभिन्न षड्यन्त्र भईरहेको नेता सिंहले बताउनुभयो ।