टी–२० विश्व कपमा नेदरल्यान्ड्सकाे पहिलाे जित

आईसीसी टी–२० विश्व कप क्रिकेटमा नेदरल्यान्ड्सले जिम्बावेलाई हराएकाे छ । एडिलेडमा आज बुधवार भएकाे खेलमा नेदरल्यान्ड्सले जिम्बावेलाई पाँच विकेटले हराउँदै प्रतियाेगितामा पहिलाे जित निकाल्याे ।

जिम्बावेले दिएकाे एक सय १८ रनकाे लक्ष्य नेदरल्यान्ड्सले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायाे । उसका लागि म्याक्स ओडाउडले ५२ र टम कुपरले ३२ रन बनाए । बलिङतर्फ जिम्बावेका ब्लेसिङ मुजरबानी र रिचार्ड नगर्भाले दुई/दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे जिम्बावेले १९ ओभरमा २ बलमा अलआउट हुँदा एक सय १७ रन बनायाे । उसका लागि सिकन्दर राजाले ४० र सेन विलियम्सले २८ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका भान मिकेरनले तीन विकेट लिए ।

याे जितसँगै समूह ‘२’ काे तालिकाकाे पुछारमा रहेकाे नेदरल्यान्ड्सकाे दुई अङ्क भएकाे छ । जिम्बावे भने तीन अङ्कसहित चाैथाै स्थानमा छ ।

 

Share your love