जनकपुरले पहिला फिल्डिङ गर्ने भएपछि लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गर्दैछ । आजको पहिलो क्वालिफायर बिजेताले फाईनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।
लिगको समूह चरणको दुई खेलमा एकआपसकाविरुद्ध खेलेका यि टिमहरुले १–१ खेल जितेका छन् । लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै,उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।