झापामा झुटो विवरण पेश गरी विदेशी नागरिकलाई नेपाली नागरिकता दिने मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–२ का ५८ वर्षीय बमबहादुर गुरुङ रहेका छन् ।
जिल्ला अदालत झापाले उनलाई २०७६ फागुन ११ गते झुटा विवरण पेस गरी विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजेको आरोपमा छ महिना कैद सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको फैसला कार्यान्वयन टोलीले उनलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो । अदालतको आदेशमा पीसीआर परीक्षणपछि कैद भुक्तानका लागि झापा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।