प्रहरीले जुवाको खालबाट नगदसहित वीरगञ्ज–१७ बस्ने लक्ष्मी सहनी, अनिल प्रसाद साह, मुकेश गुप्ता र जाकिर मियाँलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुलाई वीरगञ्ज–१७ बाट नै पक्राउ गरेको हो। चारै जनालाई नगद १ लाख १८ हजार १९० रुपैयाँ र एक सेट कौडासहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।
चारै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनले बताए।