जुनसुकै दलमा लागेको भएपनि दोषीलाई कारवाही गर्नुपर्छ: महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारवाही गर्ने कुरा उचित भएको बताएका छन् ।

एमाले, कांग्रेस जुनसुकै दलको आडमा लागेका भएपनि सबै दोषीलाई कारबाही हुनुपर्ने नेता बस्नेतले बताए ।

यस्तै नक्कली लडाकु, बालुवाटार, वाइडबडीलगायत सबै दोषीलाई काबारही गर्न दलहरु एक हुनुपर्ने उनको भनाइ छ ।
नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा बुधवार जिल्ला अदालत काठमाडौँले एमाले नेता रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
Share your love