जीतपुरसिमरा उपमहानगरमा जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जटिल रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

मिर्गौला प्रत्यारोपण गरेका, डायलिसिस गराइरहेका, क्यान्सर र मेरुदण्ड पक्षाघात भएका बिरामीलाई औषधि उपचारका लागि सहयोग गरिएको उपमहानगरपालिकाको जन स्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रबी भास्करले जानकारी दिए ।

नेपाल सरकारले चार रोगका बिरामीलाई उपचारमा सहयोग गर्ने उद्देश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय तहमा पठाउने गर्दछ ।

जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो स्वीकृत कार्यविधि अनुसार मुटुरोग, अल्जाइमर, हेड ईन्जुरी, सिकलसेल लगायतका बिरामीहरूलाई पनि उपचाकोलागि एक पटककोलागि १० हजार रुपैयाँ सम्मको सहयोग गर्ने गरेको छ । -यात्रा डेलीबाट