जापानको सरकारी प्रसारक एनएचकेका अनुसार ती इमेलमा संसद् भवनबाट सडकको विपरीत दिशामा रहेको सांसदको कार्यालय भवनभित्र ठूलो सङ्ख्यामा अत्यधिक विष्फोटक बम र सरीन नर्भ ग्यासयुक्त उपकरण राखिएको उल्लेख गरिएको छ।
धार्मिक सङ्गठनका सदस्यले इमेलमा स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः३४ बजेदेखि राजनीतिज्ञको सामूहिक हत्या गरिने पनि बताएका छन् । खतराका कारण उच्च सतर्कतामा रहेका सुरक्षाकर्मीले शङ्कास्पद वस्तु र प्याकेटको खोजी गरिरहेका छन्, तर अहिलेसम्म कुनै अप्रिय घटना फेला परेको छैन ।