वीरगंज-आसन्न प्रदेश सभाका निर्वाचनका लागी पर्सा क्षेत्र नम्बर ३ को (ख) बाट सिफारिस हुनुभएका सम्भावित प्रदेश सांसदका उमेदवारहरुले चुनावी छलफल तथा भेटघाटलाई तिब्रता दिएका दिएका छन ।
आज बुधबार सम्भावित उमेदवारहरुले पर्सा क्षेत्र नम्बर ३ को पोखरिया नगरपालिका वडा नम्बर ३ मा हरेन्द्र साहको अध्यक्षतामा ३१ सदस्य चुनावी परिचालन समिति गठन गरेको क्षेत्र नम्बर ३ बाट मधेश प्रदेशको प्रदेश सांसदमा समानुपातिकतर्फ नाम सिफारिस हुनुभएको सलमा खातुनले जानकारी दिनुभयो ।
जसपा पर्सा क्षेत्र नम्बर ३ (ख)को समन्वय समितिका अध्यक्ष पवन सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा जसपा नेपालकी केन्द्रीय सदस्य सलमा खातुन , क्षेत्र नम्बर ३ की प्रतिनिधि सभाकी सम्भावित उमेदवार डा.मधुगुप्ता,केन्द्रय सल्लाहकार खलील मिया, केन्द्रय परिषद सदस्य शिवजी सोनी, मधेश प्रदेश सदस्य गौरीशंकर साह, जसपा पार्टीका विन्दवासिनी गाउँपालिका समिति अध्यक्ष रमेश साह , राजु साह लगायतको उपस्थिति रहेको थियो।