जसपा पर्साले सिफारिस गरेको गर्दा कोको परे ?

आगामी मंंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि पर्साबाट जनता समाजवादी पार्टी (जसपा) ले उम्मेदवारहरुको नाम प्रदेशमा सिफारिस गरेको छ ।

जसपाको जिल्ला समन्वय समिति पर्साले ४ वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरेको हो । क्षेत्रीय भेला तथा बैठकहरुबाट सिफारिस भएर आएका तथा जिल्लामा निवेदन दिएकाहरुको समेत नाम प्रदेशमा सफारिस गरिएको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

पर्सा क्षेत्र नंबर १ को संंघीय सांसदका लागि वन तथा वातावरण मन्त्री प्रदीप यादवको एकल नाम सिफारिस भएको छ । मन्त्री यादव २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन सघीय समाजवादी फोरमबाट उम्मेदवार बनेका उनले २१ हजार १ सय ३२ मत पाएका थिए भने उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका अनिल रुंगटाले १६ हजार ४ सय ८१ मत ल्याएका थिए ।

क्षेत्र नंबर २ को संघीय सांसदका लागि जसपाबाट प्रदेशसभा सदस्य करिमा वेगम, जनार्दन यादव, सुरेन्द्रप्रसाद कुर्मी र चन्दन यादव गरि ४ जनाको नाम सिफारिस भएको छ ।

यस्तै क्षेत्र नंबर ३ बाट संघीय सांसदका लागि जसपाले डाक्टर. मधु गुप्ता र भरत गिरीको नाम सिफारिस गरेको छ ।पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को संघीय सांसदका लागि जसपाले राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र पार्टीका जिल्ला सचिव तबरेज अहमदको नाम सिफारिस गरेको छ ।

यसैगरि जसपाले प्रदेससभा सदस्य तर्फ पर्साको क्षेत्र नंबर १ (क) मा प्रदेशसभा सदस्य जन्नत अन्सारी, केन्द्रिय सदस्य फिरोज मिया मन्सुरी र वृजमोहन तिवारीको नाम सिफारिस गरेको छ । क्षेत्र नंबर. १ को (ख) मा मुख्यमन्त्री लालबाबु राउतको एकल नाम सिफारिस गरिएको छ । राउत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

पर्सा क्षेत्र नंबर. २ को (क) मा राम नरेश यादव, विरेन्द्र यादव, विपिन यादव, २ को (ख) मा कामेश पण्डित, प्रेमबाबु पटेल, मुकेश द्विवेदी रुपेशमान सिंह, सञ्जिव कुमार यादव र मन्टु गिरीको नाम सिफारिस भएको जसपाका जिल्ला सचिव अहमदले जानकारी दिए ।

क्षेत्र नंबर ३ को (क) मा शीव कुमार साह, प्रमोद जयसवाल, मन्जुर अन्सारी, अनिल राउत कुर्मी तथा ३ को (ख) का लागि गौरि शंकर साह र शिवजी सोनीको नाम सिफारिस भएको छ ।

यसैगरि क्षेत्र नंबर ४ को (क) मा मोहनलाल चौधरी र ४ को –ख) मा प्रदेशसभा सदस्य सिंहासन साह कलवारको एकल नाम सिफारिस भएको छ । साह २०७४ को निर्वाचनमा यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

Share your love