जसपा पर्साका एक स्थानीय युवा नेताको निधन

वीरगंज –जनता समाजबादी पार्टी नेपाल पर्साका १ जना स्थानीय युवा नेताको निधन भएको छ ।

पर्सा पर्सागढी नगरपालिका वडा नम्बर ५ हर्दिया टोल बस्ने ३२ बर्षीय जसपाका युवा नेता धर्मेन्द्र यादवको निधन भएको जसपा पर्साले जनाएको छ । ब्रेन हेमरेजको कारण अल्पायु मै जसपाका युवा नेता यादवको निधन भएको जसपा पर्साका सह-ईन्चार्ज महाराज यादवले जानकारी दिनुभयो  ।

धर्मेन्द्रको पार्थिब शरीरमा जसपा पर्साका सह –ईन्चार्ज महाराज यादव , पर्सागढी नगरपालिका वडा नम्बर ५ का पूर्व वडाध्यक्ष असलम अंसारी लगायत जसपाका नेता कार्यकर्ताले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ  ।