राजनीतिक क्षेत्रको सुधारमार्फत आर्थिक र सामाजिक क्षेत्रमा अपेक्षित परिवर्तनका लागि चिकित्सा क्षेत्र छोडेर राजनीतिमा प्रवेश गरेकी डा. गुप्ताको राजनीतिक सक्रियतालाई निकै चासोपूर्वक हेरिएको छ ।
पर्साका अन्य क्षेत्रमा सिट बाँडफाँटमा सत्ता गठबन्धनबीच किचलो भए पनि यो क्षेत्रमा जसपालाई दिनेमा सबै दल सहमत छन् । गठबन्धनमा यो क्षेत्र जसपाले नै पाउने तय भइसकेकाले पनि एकल नाम सिफारिस भएकी डा। गुप्ताले चुनावलक्षित गतिबिधि तीव्र पारेकी हुन् ।
उनले शनिबार पोखरिया र सखुवाप्रसौनीमा स्थानीय नेता कार्यकर्ता र बासिन्दासँग स्थानीय सरोकारका बारेमा अन्तरक्रिया गरेकी छन् । पोखरिया नगरपालिका वडा नं. ८ जगतपुरमा भेटघाट सम्पन्न भएको छ ।
त्यस्तै सखुवाप्रसौनी गाउँ पालिका वडा नं. १ मा पनि चुनावी छलफल भएको डा. गुप्ताको सचिवालयले जनाएको छ । पर्सा क्षेत्र नंं.३ मा जसपालाई कसरी जिताउन सकिन्छ र स्थानीय सरोकारहरुलार्ई राजनीतिमार्फत कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा छलफलहरु केन्द्रित हुँदै आएको सचिवालयले बतायो ।