
जसपाबाट प्रमिला यादवले पनि गराईन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता, प्रस्तावक र समर्थकमा को-को ?
जनता समाजवादी पार्टीकी प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराएकी छन्। यसअघि सो दलबाट संसदीय दलका नेता रामसहाय प्रसाद यादवले पनि उम्मेदवारी दर्ता गराएका थिए । रामसहाय यादवलगत्तै राष्ट्रिय सभा सदस्य समेत रहेकी प्रमिलाले दिउँसो संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्।
जसपाका दुवै उम्मेदवारको प्रस्तावक र समर्थकमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुको साथ छ । प्रमिलाको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन्। यस्तै प्रस्तावकमा भने डा. विरेन्द्र प्रसाद महतो, अनिता देवकोटा, सीता गुरूङ, मनिष सुमन र सुशिला श्रेष्ठ भने समर्थक छन्।
उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ । उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।