
जयपुरबाट १२ नेपाली महिलाको उद्धार
प्रहरीले सुराकी पाएपछि ती महिलाहरुलाई उद्धार गरेर आफ्नो निगरानी राखेको छ। उद्धार गरिएका महिलाहरुलाई नेपाली तस्करहरुले भारत पुगाएका थिए।
उनीहरुलाई दुबइमा जागिरको प्रलोभन देखाएर जयपुर पुर्याइएको थियो। शुक्रबारको उडानबाट उनीहरुलाई दुबइ लग्न लागिएको थियो।