जबरजस्ती करणी अभियोगका फरार प्रतिवादी पक्राउ

वीरगंज –वडा प्रहरी कार्यालय विर्ताले जबरजस्ती करणी अभियोगका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने अनिल प्रसाद चौरसिया रहेका छन ।

२०७६ साल असार १२ गते उच्च अदालत जनकपूरको अस्थायी ईजलास वीरगंजले चौरसियालाई ६ बर्ष जेल सजाय र रु ३० हजार जरिवाना गरेको थियो ।

त्यही बेला देखि फरार रहेका चौरसियालाई फैसला कार्यान्वयन गराउन खटेको वडा प्रहरी कार्यलय विर्ताकाको प्रहरी टोलीले उनको घरबाटै पक्राउ निरीक्षक बिशाल मल्लले बताउनुभयो ।

पक्राउ परेका चौरसियालाई कैद भुक्तानको लागि मंगलबार नै कारागार चलान गरिएको समेत प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभयो ।

Share your love