वीरगंज-कृष्ण जन्माष्टमीको अवसरमा परिवर्तन नेपाल फाउण्डेशन नामक संस्थाले शुक्रबार साझ वीरगंजमा प्रसाद बितरण गरेको छ ।
हिजो साझ वीरगंजको प्रसिद्ध गीता मन्दिरमा पूजापाठ गर्न आएका श्राधालु भक्तजनहरुलाई प्रसाद वीतरण गरिएको परिवर्तन नेपाल फाउण्डेशनका सचिव बिशेष साहले जानकारी दिनुभयो ।
फाउन्डेसनका अध्यक्ष रणधीर वर्णवालको नेतृत्वमा गरिएको प्रसाद वितरण कार्यमा संस्थाका उपाध्यक्ष नेहा साह, सचिव बिशेष साह, कोषाध्यक्ष शुशील पटेल, संचालन प्रमुख अतुल राउत, सदस्यता संयोजक विजय साह, सदस्य नीतू यादव, बालेश्वर जैसवाल लगायतकाले सहयोग गर्नुभएको थियो ।