जनता मावि प्रति अख्तियारको चासो, प्रअ मोहन चौधरीसहित कर्मचारीलाई हाजिर हुन् आदेश

पर्साको पर्सागढी नगरपालि वडा नम्बर ३ बडनिहारस्थित जनता माध्यमिक विद्यालय पकडियाका कर्मचारीले आर्थिक अनियमितता गरेको आरोप लागेपछि अख्तियार अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग मकवानपुरले पर्सागढी नगरपालिका कार्यालयलाई पत्रचार गर्दै जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद चौधरी, सहायक प्रधानाध्यापक डिल्लिराम आचार्य र करार शिक्षक, लेखापाल शिवनारायण चौधरीले विद्यालयमा आएको रकममा आर्थिक अनियमितता गरेको आरोप लागेपछि उनीहरुलाई आवश्यक कागजातका साथ उपस्थित हुन् आदेश दिएको छ ।

निज शिक्षकहरुले सरकारी तलबभत्ता बाहेक विभिन्न बहानामा दोहोरो तलबभत्ता खाने गरेको र प्राविधिक शिक्षा तर्फ विद्यालय गुणस्तर सुधार कार्यक्रम तर्फकोसमेत रकम प्रधानाध्यापक मोहन प्रसाद चौधरी र प्राबिधिक शिक्षाका टेक्स संयोजक तपेश्वर प्रसाद यादवको मिलोमतोमा हिनामिना गरेको उजुरिको आधारमा अख्तियारले रायसुझाव सहितको आवश्यक कागजात प्रमाणित प्रतिलिपी सहित ७ दिन भित्र पेस गर्न पत्राचार गरेको हो ।

पछिल्लो समय जनता माध्यमिक विद्यालयमा गुणस्तरहिन शिक्षा र आर्थिक हिनामिनाको विषयलाई लिएर स्थानियहरुले आवाज उठाउँदै आएका थिए । अख्तिायरको चिठी आएसँगै विद्यालयका प्रधानाध्यापक चौधरी र प्रविधिक तर्फका संयोजक यादव हिसाव मिलानमा लागेको स्रोतले जनाएको छ । उनीहरुले फर्जी बिल तयार पारेर अख्तियार पुग्ने तयारी गरिरहेको स्थानीयहरुको आरोप छ ।

स्थानीय अभिभावकहरुकाअनुसार प्राविधिक शिक्षा तर्फको परियोजनामा तपेश्वर यादव, मोहन चौधरी र लेखापालको मिलोमतोमा व्यापक भ्रष्टाचार भएको छ । उनीहरुले काम सम्पन्न नै नभएको खण्डमा समेत भूक्तानी गर्ने गरेको र नगरपालिकामा रहेका शैक्षिक प्रशासन शाखाका कर्मचारीहरुलाई समेत घुस दिनेगरेको एकजना अभिभावकले बताए ।

उनीहरुले टर्नेल हावस निर्माण, ल्याबको समान खरिद, फर्निचर खरिद, माटो पूर्ने तथा रंगरोदनलगयातका कार्यमा समेत अनियमितता गरेको तथ्यहरु सार्वजनिक भएको स्थानीय बताउँछन् ।