कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस बारा सचिव एवम युवा नेता राजेश रौनियारले नेपाली कांग्रेस कै नेताले एलालेलाई चार महिना देखि सघाईराहेको आरोप लगाउनुभयो । उहाले गत स्थानीय चुनावमा कांग्रेस कै नेता कार्यकर्ताले अरु पार्टीलाई आफ्ना मत दिएको बताउदै यस्तो कार्यले कांग्रेस कसरी बलियो हुने प्रश्न गर्नुभयो । स्थानीय निर्वाचनमा कांग्रेसले जसपालाई मत दिएर वीरगंज महानगरमा जिताएको तर जसपाले किन एमाले संग सहमति गरी जिल्ला समन्वय समितिमा कांग्रेस संग प्रतिस्पर्धा गरेकोले यो गठबन्धन हो कि ठगबन्धन भएको प्रश्न गर्नुभयो उहाले गठबन्धन मात्र नभई अहिले ठग बन्धन भएको आरोप लगाउदै । त्यसैगरी मधेश प्रदेश कै अन्य जिल्लामा पनि केन्द्रको सर्कुलर अनुसार कांग्रेसले पूर्ण बफादार भएर सहकारी गरेको तर अन्य दलले आफ्ना फैदाका लागी गतबन्धन भन्दा बाहिर रहेका अन्य दल संग किन सहमति र सहकारी गरेको प्रश्न गर्नु भयो ।उहाले गत वैशाक ३० गतेको स्थानीय निर्वाचनको गतिबिधि हेर्दा यो गठबन्धन कतिको टिकाउ हुन्छ भने प्रश्न उठेको बताउनुभयो । गठबन्धन मान्न तयार राहेको बताउदै तर पहिला टिकट दिबू भन्दा अगाडी उपयुक्त व्यक्ति छानविन गरी टिकट दिन माग गर्नुभयो ।
त्यसैगरी अरुकांग्रसका नेता कार्यकर्ताले पनि प्रश्न गरेका थिए ।सबैको प्रश्नको उत्तर केन्द्रिय सदस्य एवम उक्त कार्यक्रमको प्रतिनिधि रमेश रिजालले जवाफ दिनुभएको थियो । कार्यक्रममा पार्टीका प्रदेश उपसभापति चन्द्रशेखर यादब, जिल्ला उपसभापति मनोज भट्ट, सचिव राजेश रौनियार, पूर्व सभापति भोला चौरसिया, पूर्व जिविस सभापति राजेन्द्र यादव, जय नारायण यादव लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण भैयाराम यादबले गरेका थिए ।