जनकपुरमा मोटरसाइकल चोरी गर्दै गर्दा एक युवक पक्राउ

जनकपुरमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरको बलवा नगरपालिका वडा नं. ३ का २१ वर्षीय निरज साह रहेका छन् ।

शुक्रबार साँझ ५ बजेको समयमा जनकपुरको हस्पिटल राडमा प्रदेश २–०२–००३ प ४८१४ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गर्दा पक्राउ गरेको जानकी प्रहरीचोकीले जनाएको छ ।

प्रहरीका अनुसार सो मोटरसाइकल जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ बस्ने तुल्सी साहको रहेको छ । पक्राउ परेका युवकलाई जानकी प्रहरीचोकीले आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको जनाएको छ ।

Share your love