राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्याैपानेलाई बाध्य भएर समर्थन गर्नुपरेकाे बताउनुभएकाे छ ।
आज बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखकी उम्मेदवार न्याैपानेकाे समर्थनमा बोल्दै उहाँले भन्नुभयाे, ‘छातीमा मुड्कीले हानेर भए पनि ईश्वरीलाई समर्थन गर्नुपर्ने बाध्यता आइलाग्याे ।’
अध्यक्ष केसीले अहिलेकाे संसद्काे दृश्य निकै डरलाग्दाे देखिएकाे बताउनुभयाे । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका गृह मन्त्री रवि लामिछाने र सहरी विकास मन्त्री विक्रम पाण्डेप्रति इङ्गित गर्दै उहाँहरूकाे याेग्यता के हाे भनेर प्रश्न पनि गर्नुभयाे ।
अध्यक्ष केसीले गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि लडाइँ लडेकाहरूलाई अपमान गर्ने अवस्था आउनु भनेको देशका लागि हितकर नभएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई प्रतिपक्षमै नबसेर किन सरकारलाई समर्थन दिएको भनी प्रश्न गर्नुभयो ।