पर्सा जिल्लाको सिमावर्ती चोर नाकाबाट सुरक्षाकर्मीको मिलोमतोमा अबैध तस्कारीले तिव्रता पाएको स्थानीय बासिन्दाहरुले गुनासो गरेका छन् । भारतसँग जोडिएका सीमा नाकाहरुमा सुरक्षाकर्मीको सेटिंगमा तस्करी कार्य मौलाएको हो । छपकैयाबाट ठुलो मात्रमा तस्करी भईरहेको स्थानीयहरूको बताएका छन ।
तस्करहरुले प्रहरीको सहयोगमा राजश्व छली गर्दै खाद्यान, चिनी, टिना तेल, आलु, प्याज, लत्ताकपडा, कस्मेटिक आइटम, इलेक्ट्रोक सामग्री, गुट्खा, हार्डवेयर लगायतका सामग्री दैनिक नेपाल भित्र्याइरहेका छन् ।
त्यस्तै प्रतिबन्धीत लागुऔषध गाँजा, चरेश तथा छोकडा, मरिच, इन्धन लगायातका सामग्रीहरु नेपालबाट भारत तस्करी भइरहेको छ । सीमा नाकाबाट हुँने तस्करीमा चौकी प्रहरी कार्यालय छपकैया र सशस्त्र प्रहरी बल छपकैयाको संलग्नता रहेको स्थानीयहरु बताउछन् ।
स्थानीयहरुका अनुसार प्रहरीले तस्करहरुसँग आर्थिक लाभ लिएर खुल्ला रुपमा तस्करी गर्न दिरहेको छ । राजश्व छली गर्दै तस्करहरुसँग विशेष साँठगाँठ गर्नेमा छपकैयाका प्रहरी इन्चार्जको संलग्नता प्रत्येक्ष रहेको स्थानीयहरुको दाबि रहेको छ । प्रहरी युनिटले महिनाको लाखौं भन्दा बढी रुपैंया तस्करसँग असुली गरिरहेको स्थानीयहरूले बताउछन । प्रहरीको मिलोमतोमा भईरहेको तस्करीको प्रमाण रेडियो सान्भी संग समेत सुरक्षित रहेको छ ।