जितसँगै समूह ‘सी’ को इन्टरले ३ खेलमा ६ अंक जोडेको छ । बार्सिलोना ३ अंक जोडेर समूहको तेस्रो स्थानमा छ । यो समूहमा बायर्न म्युनिख ९ अंकका साथ शीर्ष स्थानमा छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा बायर्नले भिक्टोरिया प्लेजेनलाई ५–० गोलको फराकिलो अन्तरले हरायो । जितसँगै बायर्नले समूह चरणमा अपराजित यात्रा पनि कायमै राखेको छ । प्लेजेन अंक विहीन रहँदै पुछारमा छ । त्यस्तै च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ ।
समूह चरण अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले रेन्जर्सलाई २–० गोलले हराएको हो । लिभरपुलको जितमा ट्रेण्ड एलेक्सजेण्डर आर्नोल्ड र मोहमद सलाहले एकरएक गोल गरे ।
जितसँगै समूह ‘ए’ को लिभरपुलले ३ खेलमा ६ अंक जोडेको छ । लिभरपुल समूहको दोस्रो स्थानमा छ । यो समूहमा नापोली ९ अंकका साथ शीर्ष स्थानमा छ । अंक विहीन रेन्जर्स पुछारमा रहेको छ ।