वडा प्रहरी कार्यलय बिर्ताले चोरीको मोटरसाईकल सहित वीरगँजका दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगँज महानगरपालिका वडा नम्बर ४ भगवतिटोलका २३ वर्षीय विजय कुमार गिरी र वडा नम्बर २४ रामगढवाका कुन्दन साह तेली रहेको वडा प्रहरी कार्यलय बिर्ताका प्रहरी निरिक्षक बिशाल मल्लले बताउनुभयो ।
उनिहरुको साथबाट ना ३९ प ५४०८ र ना ४६ प ५२८७ नम्बर भएका चोरीका दुई वटा मोटरसाईकल , त्यसैगरी मोटरसाईकल चोरी गर्न प्रयोग हुने मास्टर साचो बरामद भएको प्रहरी निरिक्षक मल्लले बतबाउनुभयो ।
फरक फरक मितिमा वीरगंजका विभिन्न स्थानबाट चोरीएको मोटरसाईकल भारतीय सहर रक्सौलमा बेच्न लगीरहेको भन्ने सुराकिको अधारमा वडा प्रहरी कार्यलय बिर्ताबाट खटिएको प्रहरीको टोलिले उक्त मोटरसाईकल र मास्टर साचो सहित उनिहरुलाई पक्राउ गरीएको प्रहरी निरिक्षक मल्लले बतबाउनुभयो ।
पक्राउ परेका दुबैजनामाथी चोरी सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जानाएको छ ।