जनकपुरधाम चुरे तथा वन जंगल संरक्षण अभियानले पाँच सुत्रीय मागसहित आन्दोलनको घोषणा गरेको छ । अभियानले फागुन ११ देखि अनिश्चितकालिन धर्नादिने घोषणा गरेको हो ।
वैदेशिक रोजगार सम्बन्धि समस्या हल गर्न संविधानको धारा ३३ मा व्यवस्था भए अनुसार सुरक्षित तथा योग्यता अनुसार सुनिश्चित रोजगारीको व्यवस्था मिलाउनु पर्ने र स्थानीय तहको निर्वाचन गैर दलीय प्रतिस्पर्धा अन्तरगत व्यवस्था मिलाउँदै दलितको लागि राजनीतिक आरक्षण सुनिश्चित गर्न पालिकाको प्रमुखहरु चक्रिय प्रणालीमा व्यवस्था गर्नका लागि संघीय सरकार निर्वाचन कानुन परिमार्जन गरी कार्यान्वयन गरोस् भन्ने माग अभियानको छ ।
मागप्रति संघ प्रदेश र स्थानीय तथा सम्बन्धित निकाय उदासीन रहेकाले फागुन ११ गतेदेखि मुख्यमन्त्री कार्यालय अगाडि २४ घण्टे अनिश्चितकालीन धर्ना दिने अभियानका संरक्षक सरोज यादवले बताए ।
सोही दिन प्रदेश सरकार अगाडी र जिल्ला प्रशासन कार्यालय अगाडी दिउँसो २ बजे प्रदर्शन गर्ने समेत उनले बताए । मागहरु पूरा गराउन शान्तिपूर्ण रुपमा धर्ना, दवाव सिर्जना गर्न एक घण्टे चक्का जाम, ग्रासरुट मुममेन्टको रुपमा गाउँगाउँमा अभियान लगायत थप संघर्षका कार्यक्रम सार्वजनिक गर्दै अघि बढ्ने अभियानका अध्यक्ष सुनिल यादवले जानकारी दिए ।