चीनले १५ दिने भिसामुक्त यात्रा नीतिमा विस्तार गरेको हो । यो व्यवस्था प्रारम्भिक चरणमा आउँदो नोभेम्बर ३० तारिखसम्म कायम रहनेछ । यी ६ वटा देशका साधारण राहदानी प्राप्त नागरिकले व्यापार, पर्यटन, आफन्त र साथीभाईलाई भेट्न र ट्रान्जिट जस्ता उद्देश्यका लागि भिसा विना चीनमा प्रवेश गर्न सक्छन् ।
चीनको यो निर्णयबाट सीमापार यात्रा तथा अन्तर्राष्ट्रिय यात्रु उडानलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । विदेशमन्त्री वाङले आफूहरुको यो प्रयासले चिनियाँ नागरिकलाई विदेश यात्रा गर्न थप सुविधा उपलब्ध हुने तथा विदेशीहरूलाई पनि चीनमा घरमा नै रहेको जस्तो महसुस गराउने विश्वास व्यक्त गर्नुभयो ।