जाइफलको रुखमा जाइफल गोलो, अण्डाकार डेढइन्च देखि दुइ इन्चसम्मको फल्दछ । जाडो महिनामा यसको प्रयोग झन धेरै हुने गर्छ । जाइफल बासनादार हुन्छ र यसको तेल पनि बनाउने गरिन्छ । जाइफलको फाइदा र बेफाइदा पनि छन् ।
यस्ता छन् जाइफलका फाइदा
१. जाइफलले शरीरमा ताप उत्पन्न गर्ने भएकाले भान्सामा तरकारी पकाउँदा जाडो मौसममा मसलाको रुपमा यसलाई प्रयोग गरिन्छ । जसले शरीरमा चिसो लाग्नबाट जोगाउँछ ।
२. जाइफलले मुखको छालासम्बन्धि समस्यालाई निको पार्छ । जाइफलको रस पानीमा मिसाएर कुल्ला गर्दा यसले मुखको छालामा निस्कने समस्यालाई हटाउँछ ।
३. जाइफलको तेलले शरीरलाई मालिस गर्दा छालासम्बन्धि रोगबाट छुट्करा पाउन सकिन्छ । त्यसका साथै हाडजोर्नी र नसासम्बन्धि रोगहरूका लागी पनि यो निकै फाइदाजनक छ ।
४. यसले पाचन प्रणालीलाई स्वस्थ राख्दछ ।
५. निद्रा नलागेमा जाइफललाई घोटेर घ्यु मा मिसाएर परेलामा लगाउँनाले निद्रा छिटै लाग्ने गर्दछ । थोरै जाइफल पिनेर तातो घ्यूमा हालेर भातसँग खाँदा शरीर भित्रको चिसो हट्छ ।
६. हरियो जाइफलको बोक्राकालाई पिनेर त्यसको एक दुई थोपा रसलाई नाकमा हाल्दा माइग्रेनको कारण हुने टाउको दुखाईबाट आराम मिल्छ । जाइफलको तेललाई तताएर एक दुई थोपा कानमा हाल्दा यसले कान दुख्ने सुनिने रोगलाई निको पार्छ ।
७. जाइफलको तेललाई कपासमा भिजाएर दुखेको दातँमा राख्दा यसले दाँत दुख्ने समस्याबाट राहत दिल्छ । त्यस्तै, यसको तेलले बच्चालाई मालिस गर्दा निकै राम्रो हुन्छ ।
बहुउपयोगी जाइफलका केही बेफाइदाहरू
१. जाइफललाई अत्याधिक रुपमा प्रयोग गर्दा पेट दुख्ने,रिगंटा लाग्ने समस्याहरू देखा पर्दछ ।
२. जाइफलको सेवन धेरै मात्रामा गर्दा कलेजो सम्बन्धि समस्याहरू पनि देखा पर्दछ ।
३. गर्भावस्थामा गर्भवती महिलाले जाइफलको प्रगोग गर्नु हानिकारक हुन्छ ।
४. जाइफलले शरीरमा ताप उत्पन्न गर्ने हुँदा गर्मीको समयमा जाइफलको प्रयोग धेरै गर्नु हुँदैन ।
जाइफल बहुउपयोगी भएपनि यसको प्रयोग जथाभावी गर्नुहुँदैन । नजानेका कुरा विज्ञ वा चिकित्सकसँग सल्लाह गरेर प्रयोग गर्नुपर्छ ।