चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार रुसी समकक्षी सर्गेई लभारोभसँग भेटवार्ता गर्ने भएका छन् । विदेशमन्त्री यी आज रुसको भ्रमणमा निस्किएका हुन् ।
उत्तर कोरिया नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्ता लगत्तै मन्त्री यी रुस जान लागेका हुन् ।
अमेरिकाले मस्को र प्योङयाङबीच हतियार उपलब्ध गराउने विषयमा छलफल भएको आशङ्का व्यक्त गरेको छ ।