चितवन र बारामा आज बिहानपछि मात्रै मतगणना हुने

प्रतिनिधि सभा सदस्य उपचुनाव अन्तर्गत चितवन २ र बारा २ को मतगणना आज बिहानपछि मात्रै सुरु हुने भएको छ ।

चितवनमा गएराति सर्वदलीय बैठक बस्न नसकेपछि आज बिहान ८ बजे सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभइ मतगणना नगर्ने नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको अडानका कारण मतगणनामा ढिलाइ भएको हो ।

यस्तै बारा २ को मतगणना पनि आज बिहानदेखि सुरु गर्ने तयारी भएको छ । गएराति नै मतपेटिका संकलन सकिएको भए पनि आज मात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।