घटनामा संलग्न दोषीलाई तत्काल छानबिन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ९पहिलो० संशोधन ऐन–२०७९ बमोजिम कानुनी कारबाही गर्न र स्वास्थ्य संस्थामा आवश्यक शान्ति सुरक्षा प्रदान गर्न पनि संघले सरकारसँग माग गरेको छ ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा खटिएका डाक्टरलाई शारीरिक हातपात, अभद्र व्यवहार र धम्कीदिने क्रियाकलापले स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक असर पर्ने भएकोले गम्भीर बन्नुपर्ने संघका महासचिव डा। बद्री रिजालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
थाइराइडको नियमित परीक्षणका लागि आएकी एक महिलालाई डाक्टर पराजुलीले यसअघि परीक्षण गरिएको रिपोर्ट ल्याउन भनेको तर बाहिर निस्किएकी ती महिलाले ३ जना युवा बोलाएर कुटपिट गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।
कुटपिटमा गोरखा नगरपालिकाका मिलनसिं कुँवर, समीर कुँवर र अनुप बस्नेत संलग्न रहेको अस्पतालले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।