
चाड पर्बलाई लक्षित गरी बजार अनुगमन
पछिल्लो पटकको बजारमा अनुगमनको क्रममा वीरगञ्जका १८ वटा पसल अनुगमन गर्दा ९ वटा फर्मलाई विभिन्न कारवाही गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सुचना अधिकारी दिलिप खंगखत्वेले जानकारी दिनुभयो ।
९ वटा फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजम कसुर गरेकोले सोहि ऐनको दफा ३९ बमोजम तत्काल जरिवाना गरिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त कार्यालय प्रमुख सुरेश कुमार रेग्मीले बताउनुभयो ।
कार्यवाहिमा परेका ९ वटा फर्मबाट रु ३,१५,००० ९तीन लाख पन्ध्र हजार० जरिवाना गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी खंग खत्वेले जानकारी दिनुभयो । चाड पर्बमा मुल्य वृध्दि, तथा म्याद नाघेको सामान, बिग्रेको सामान बिक्रि वितरण न गरि दिन हुन व्यापारी उद्योगी वर्गमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले अनुरोध समेत गरेको छ ।