चट्याङ लागेर कञ्चनपुरमा श्रीमान्–श्रीमतीको मृत्यु

कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर आइतबार दिउँसो श्रीमान्–श्रीमतीको ज्यान गएको छ। ज्यान गुमाउनेमा कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीय दीपक राना र उनकी श्रीमती मन्तरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरूको अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो।