घट्यो सुन चाँदीको भाउ

सुन चाँदीको भाउ आज घटेको छ ।

हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकेको छ ।  हिजो ९७ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि १० रुपैयाँले घटेर तोलाको १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।