गीताको अनमोल बचन, जसले हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्छ

श्रीमद्भागवद्गीताको अध्ययनले जीवन र जगतलाई बुझ्ने दृष्टिकोण परिवर्तन गरिदिन्छ । गीताको रचना अद्भूत तरिकाले भएको कथन छ । त्यस अनुरुप कुरुक्षेत्र युद्धमा श्री कृष्णले गीताको सन्देश अर्जुनलाई सुनाएका थिए । श्रीकृष्णले युद्ध मैदानमा अर्जुनलाई जे जति कुरा सुनाए, त्यहि गीता हो । अतः यहाँ भागवत गीताका केही अनमोल उद्दरणहरु प्रस्तुत गर्दैछौं, जुन श्रीकृष्णले अर्जुनलाई दिएका थिए ।
-क्रोधबाट भ्रम पैदा हुन्छ । भ्रमबाट बुद्धि भ्रष्ट हुन्छ । जब बुद्धि भ्रष्ट हुन्छ, तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, अनि व्यक्तिको पतन हुन्छ ।

– भगवान वा परमात्माको शान्ति उसँग हुन्छ जसको मन र आत्मामा एकता र सामञ्जस्य छ । जो इच्छा र क्रोधबाट मुक्त छ । जसले आफ्नो आत्मालाई सही अर्थमा बुझ्छ ।

-व्यक्ति जे चाह्यो त्यही बन्न सक्छ यदि विश्वासका लागि इच्छाएको वस्तुमा लगातार चिन्तन गर्‍यो भने ।

-जसले सबै इच्छाहरु त्यागिदिन्छ, र ‘म’ र ‘मेरो’ काृ लालसा र भावनाबाट मुक्त हुन्छ, उसलाई शान्ति प्राप्त हुन्छ ।