गाडी दुर्घटनामा परि घाईते भएका नापी कार्यालय सर्लाहीका एकजनाको मृत्यु भएको छ । गएराती जिल्लाको मलंगवा नगरपालिका वडा नम्बर ११ गम्हरियामा भएको गाडी दुर्घटनामा परि घाईते ११ जनामध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनकाएको छ ।
मृत्यु हुनेमा नापी कार्यालय सर्लाहीका , कार्यालय सहयोगी बिनोद घिमिरे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियारले जनाउनुभयो । उहाका अनुआर दुर्घटनामा परी घाइते हुनुभएको नापी कार्यालय प्रमुख ४५ वर्षीय संजय मानन्धर, ३० वर्षीय बैजु यादव र ३५ वर्षीय रामलाल साहको आवस्था चिन्ताजनक छ ।
यसैगरी २४ वर्षीय संजित यादव, ३० वर्षीय रिटेन यादव, ५० वर्षीय बैधनाथ पटेल, ३४ वर्षीय रामबाबु यादव, २९ वर्षीय दिपेन्द्र यादव, २४ वर्षीय सहिद अनवर र २५ वर्षीय अजय यादव घाईते प्रहरी नायव उपरीक्षक पंजियारले बताउनुभयो ।
रिटेन यादवबाहेक सबै घाइतेहरुलाई प्रदेशिक अस्पताल मलंगवा उपचारपछी थप उपचारका लागि वीरगंज लयाईएको छ ।
मलङ्गवाबाट नवलपुरतर्फ जाँदै गरेको उखु बोकेका ज २ त १०६७ नम्बरको ट्याक्टरमा सोही दिशाबाट जाँदै गरेको बी.आर ०६ पी.डी ९६४८ नम्बरको सफारीले ठक्कर दिंदा दुर्घटना हुदा सफारिना सवार ११ जना घाईते हुनुभएको थियो । ठक्कर दिने ट्याक्टरका चालक फरार रहेकाले उनका खोजि भईर्हेको प्रहरी नायब उपरीक्षक पंजियारले जनाउनुभयो ।