गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छिन्। बिहीबार राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ नामक तस्बिर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले यस्तो धारणा राखेकी हुन्। लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रतासमेत नभएको उल्लेख गर्दै उनले गणतन्त्रको विकल्पमा पुनः पछाडी फर्कन नसकिने स्पष्ट पारिन्।

‘राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा पनि गणतन्त्रबाटै सम्भव भएको हो। यदी गणतन्त्र, लोकतन्त्र हुन्नथ्यो, हामीलाई यसरी बोल्ने स्वतन्त्रता हुँदैनथ्यो भने हाम्रा शासक, सत्ता सञ्चालकहरुले गरेका कमजोरी र गल्तीलाई पनि हामी बाहिर बोल्न सक्दैनथ्यौँ होला। त्यसकारणले यहाँ भएका समस्याहरुलाई सुधार गर्ने भनेको पनि गणतन्त्रले नै हो। लोकतन्त्रले नै हो। गणतन्त्र, लोकतन्त्रको विकल्प फेरी पश्चगमन हुन सक्दैन,’ उनले भनिन्।

मन्त्री शर्माले सरकार सञ्चालनमा भएका त्रुटीहरुलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने बताइन्। गणतन्त्रले दलित, महिलालगायत उत्पीडित समुदायलाई राजनीतिको शीर्ष तहमा लगेको उल्लेख गर्दै उनले व्यक्तिले गरेको गल्तीलाई प्रणालीसँग जोड्न नमिल्ने प्रष्ट्याइन्।

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *