क्यालिफोर्नियामा गोलभेडा पोखिदा सडक अवरुद्ध, ७ वटा कार दुर्घटनामा

अमेरिकाको क्यालिफोर्निया राज्यको एउटा व्यस्त सडकमा एउटा ट्रकबाट १ लाख ५० हजार वटा भन्दा बढी गोलभेडा पोखिदा ७ वटा कार दुर्घटनामा परेका छन् ।

गोलभेडा पोखिएकै कारण त्यहाँ आवतजावतमा समेत ठप्प बनेको हाे । क्यालिफोर्नियाको इन्टरस्टेट ८० हाइवेमा यसरी पोखिएका गोलभेडाकै कारण क्यालिफोर्निया राजमार्ग गस्ती प्रहरीका अनुसार यस दुर्घटनामा ३ जना मानिस सामान्य घाइते भएका छन् ।

गोलभेडा खेतीको मौसममा ट्रक ड्राइभरहरूले प्रमुख राजमार्गहरू प्रयोग गर्दै राज्यभरी यसको ढुवानी गर्ने गरेका छन् । ट्रक ठोक्किएर पल्टिदा गोलभेडा सडकको २ सय फिटसम्म छरिएका छन् । राजमार्ग गस्ती प्रहरी अधिकारी ज्यासन टाइहस्र्टले बाटोमा करिब दुई फिट गहिरो रेड सस तयार बनेको र बाटो हिउँ जस्तै चिप्लो भएको बताएका छन् ।

क्यालिफोर्निया गाेलभेडा उत्पादन संगठनका अनुसार मुलुकमा आपूर्ति हुने ९० प्रतिशत भन्दा बढी गोलभेडा यही राज्यमा उत्पादन हुने गरेको छ ।

Share your love