पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राष्ट्रिय स्तरको गोल्डकप फुटबल आयोजना हुँदैछ।
आगामी फागुन ११ देखि १७ गतेसम्म काठमाडौँमा हुने तय भएकाे यस प्रतियोगिता एमालेको भातृ संगठन युवा संघ नेपालको आयोजनामा हुन लागेको हो।
‘ए डिभिजन क्लब’का ८ वटा टिम सहभागी हुने सो प्रतियोगितालाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले पनि अनुमति दिएकाे छ।
आयाेजकका अनुसार प्रतियोगिताका विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ।
प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स, च्यासल मैदान र एपिएफको खेल मैदानमा हुने एन्फा महासचिव किरण राईले जनाएका छन्।
अहिले दशरथ रंगशाला ए डिभिजन लिगका लागि मर्मत गर्ने काम भइरहेकाले केपी ओली कपका खेलहरू अन्य काठमाडौंकै अन्य मैदानमा हुने जनाए।