केन्यासँगको निर्णायक खेलमा नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाण्डौ – केन्यासँगको पाँचौँ तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ । नैरोबीको जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो ।

पाँच खेलको शृङ्खलामा नेपाल र केन्याले दुई–दुई वटा खेल जितेका छन् । आजको खेल जित्नेले शृङ्खला जित्नेछ । नेपालले पहिलो र तेस्रो खेल जित्दा केन्याले दोस्रो र चौथो खेल जितेको छ ।

नेपालले घरेलु टोली केन्यासँग तीन खेलको एकदिवसीय शृङ्खला पनि खेल्नेछ । पहिलो खेल भदौ १७ गते, दोस्रो खेल १८ गते र तेस्रो खेल भदौ २० गते हुने तालिका छ ।

 

Share your love

Leave a Reply

Your email address will not be published. Required fields are marked *