
केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु
समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको समाचार लेखेकाे छ।
उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का प्रमुख कार्यकारी अधिकृत सी रविशंकरले पत्रकारहरूलाई दुर्घटनामा हेलिकप्टरका पाइलट अनिल सिंहको मृत्यु भएको जानकारी दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको केदारनाथमा भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।