वीरगंज-पर्सा क्षेत्र नम्बर ३ का संघिय सांसद हरिनारायण रौनियारले कृष्ण जन्माष्टमीको अवरमा शुभकमना दिनुभएको छ ।
आज शुक्रबार शुभकामना संदेश जारि गर्दै सांसद रौनियारले देश तथा विदेशमा रहनु हुने सम्पूर्ण कृष्ण भक्तलाई शुभकामना दिनुभएको हो ।
वैदिक सनातन धर्मावलम्बीले आज ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
सांसद रौनियारले यो पर्वले सबैमा शान्ति कायम हुने बिश्वास व्यत गर्नुभएको छ ।