काेहलीले बनाए टी–२० विश्व कपमा कीर्तिमान

भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट काेहलीले टी–२० विश्व कपमा कीर्तिमान बनाएका छन् । अस्ट्रेलियामा भइरहेकाे टी–२० विश्व कपमा बङ्गलादेशसँगकाे खेलमा काेहलीले कीर्तिमान बनाएका हुन् । विराट काेहली अब टी–२० विश्व कपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन् ।

काेहलीले श्रीलङ्काका पूर्वकप्तान महेला जयवर्धनेलाई पछाडि छाेडेका हुन् । जयवर्धनेले टी–२० विश्व कपमा ३१ खेल खेल्दै एक हजार १६ रन बनाएका थिए । काेहलीले उनलाई पछाडि पारेका हुन् । काेहलीले याे उपलब्धि मात्र २५ खेलमा हासिल गरेका हुन् ।

टी–२० विश्व कपमा धेरै रन बनाउनेमा भारतका कप्तान राेहित शर्मा चाैथाे स्थानमा छन् । धेरै रन बनाउनेकाे शीर्ष पाँचमा काेहली र जयवर्धनेसँगै क्रिस गेल, राेहित शर्मा र तिलकरत्न दिलशान छन् ।

 

Share your love