बुधबार दिउँसो भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी हुनुभएका यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबाबु सापकोटालाई प्रहरी पक्राउ परेको हो ।
सापकोटा रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका थिए । खुकुरी प्रहारबाट घाइते यादवलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।