
कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा
नेपाली कांग्रेसकाे प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मा मनाेनीत हुनुभएकाे छ ।
पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गर्नुभएको हाे ।
कांग्रेसमा महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गर्नुपर्ने पार्टीको विधानमा व्यवस्था छ । तर देउवाले झन्डै डेढ वर्षपछि विभाग गठन सुरु गर्नुभएकाे हाे ।