संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानैदेखि सक्रिय भएका छन् । उनले अहिले नेपाली कांग्रेसका नेताहरूसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।
आज अगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले सहमतिका लागि कांग्रेस नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दै छ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।