कांग्रेस एमालेको गठबन्धन मन्त्रालय भागबण्डाको लागी मात्र नभई महत्वपूर्ण कार्यको लागि भएको मन्त्रि सिंहको जिकिर

वीरगंज – मधेश प्रदेशका भुमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रि जनार्दन सिंह क्षेत्रीले कांग्रेस एमालेको गठबन्धन मन्त्रालयको भागबण्डाको लागी मात्रै नभई महत्पूर्ण कार्य गर्नको लागी भएको बताउनु भएको छ  ।

आफ्नै सम्मानमा वीरगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि सिंहले संबिधानमा देखिएको जटिलतालाई तार्किक निष्कर्षमा पुर्याउनको लागी यो गठबन्धन भएको बताउनुभएको हो ।

संविधान संसोधन गरी संसदका दुई ठुला दलले समाबेशी र समानुपातिक हटाउन लागेको कुरा सत्य नभई भ्रमपूर्ण मात्रै रहेको बताउदै उहाँले झुटको पछी नलाग्न आग्रह गर्नुभयो ।

एमाले कांग्रेसको नेतृत्वको गठबन्धन सरकार लामोसमयसम्म चल्ने मन्त्रि क्षेत्रीको बिश्वास छ ।

उहाँ मधेश सरकारको मन्त्रि संगै कांग्रेस पर्साका सभापति समेत हुनुहुन्छ ।